पोखरीमा डुबेर बालकको मृत्यु

जविराज, जेठ १५
सप्तरीको खडक नगरपालिका–२ बेल्हीमा सोमबार साँझ पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सकल मण्डलका तीन वर्षीय छोरा अरवीन्द मण्डल रहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । सोही ठाउँस्थित चन्द्रेश्वर चौधरीको पोखरीमा खेल्दै गरेको अवस्थामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको र शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
प्रकाशित मिति: १५ जेष्ठ २०७५, मंगलबार
















