मैत्रीपूर्ण खेलमा अर्जेन्टिना विजयी



काठमाण्डौ,जेठ १६

विश्वकप अगाडिको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिना विजयी भएको छ । आज बिहान भएको खेलमा अर्जेन्टिनाले हैटीलाई चार शून्य गोलले पराजित गर्यो ।

अर्जेन्टिनामा भएको खेलमा घरेलु टिमको जितमा मेसीले ह्याट्रिक गरे । खेलको १७ औं मिनेटमा मेसीले पेनाल्टीमार्फत टिमलाई अग्रता दिलाए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको अर्जेन्टिनाका लागि ५८ औं मिनेटमा फेरि मेसीले गोल गर्दै टिमको अन्तर दुई शून्यमा र्पुयाए । त्यसपछि ६६ औं मिनेटमा मेसीले गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरे भने टिमलाई तीन शून्यमा पुर्याए ।

६९ औं मिनेटमा सर्जियो अगुइरोले मेसी कै पासमा गोल गर्दै अर्जेन्टिनालाई चार शून्यको जित दिलाए । गएराति भएका अन्य खेलमा अमेरीकाले बोलिभियालाई तीन शून्यले हरायो भने मेक्सिको र वेल्सबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News