भिरबाट लडेर महिलाको मृत्यु



पाँचथर, जेठ १६

पाँचथरमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर हिलिहाङ गाउँपालिका ७ ताम्खुवा बस्ने ४४ वर्षीया दिलकुमारी तामाङ रहेकी छन् ।

दिलकुमारीको हिजो दिउँसो गोठाला जानेक्रममा घर नजिकै भीरबाट खसेर मृत्यु भएको हो । घरबाट बाख्रा लिएर निस्केकी दिलकुमारी साँझसम्म घर नफर्केपछि गाउँलेहरुले उनको खोजी गर्दै जाँदा उनको शव घर नजिकै भीरबाट तल भेटिएको थियो ।

प्रकाशित मिति: १६ जेष्ठ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्