आगलागीबाट तीन लाख बढीको क्षति
सुनसरी, जेठ १६
सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराती आगलागी भएको छ । आगलागीबाट स्थानीय रामप्रकाश राई, जामुलाल राई, छेवुलाल राई र सोतीलाल राईको चार वटा फुसको घर जलेर नष्ट भएको प्रहरी चौकी अमडुवाले जनाएको छ ।
राती करिब ११ बजेतिर रामप्रकास राईको घरमा चौपायाका लागि बालेको घुरबाट आगलागी भएको थियो । आगलागीबाट फुसका चार वटा घर जल्दा अन्दाजी तीन लाख पचास हजार बराबरको क्षति भएको बताइएको छ । आगोलाई प्रहरी चौकी अमडुवाबाट खटिएको टोलीको सहयोगमा स्थानीयबासीहरुले नियन्त्रणमा लिएका थिए ।
प्रकाशित मिति: १६ जेष्ठ २०७५, बुधबार
















