रुखले किचेर ज्यान गयो



इलाम, जेठ १६

रुखले किचेर इलाममा एक व्यक्तिको ज्यान गएको छ । दाउराका लागि रुख काट्ने क्रममा माई नगरपालिका–९, बोरुङका ५३ वर्षीय जंग देवानको मृत्यु भएको हो ।

घर नजिकैको जंगलमा दाउरा काट्ने क्रममा आफैँले ढालेको रुख आफैँतिर ढल्दा देवानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, इलामले जानकारी दिएको छ । देवानको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ ।

रुखले थिचेर मृत्यु भएको अवस्थामा आफन्तले देवानलाई फेला पारेका थिए ।

प्रकाशित मिति: १६ जेष्ठ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्