भोजपुरबाट पुरक परीक्षामा कति पास भए ? (सबै विवरण सहित)


 


भोजपुर, भदाै ३१

एसएलसीको मौका परीक्षामा भोजपुरका सात सय ८ जना विद्यार्थी पास भएका छन् । नियमिततर्फ चार सय २५ र अांशिकतर्फ दुई सय ८३ जना विद्यार्थी पास भएको जिल्ला शिक्षा कार्यालय भोजपुरले जनाएको छ ।

नियमितर्फ प्रथम श्रेणीमा अाठ जना, दोस्रो श्रेणीमा तीन सय ४५ र तेस्रो श्रेणीमा ७२ जना गरी चार सय २५ जना विद्यार्थी पास भएका हुन् । नियमिततर्फ छ सय ५६ जना विद्यार्थीले परीक्षा दिएका थिए ।

त्यस्तै अांशिकतर्फ एक सय ६९ जना दोस्रो र एक सय १४ जना तेस्रो श्रेणीमा पास भएका हुन् । जम्मा चार सय ८३ जना अांशिकतर्फका विद्यार्थी परीक्षामा भाग लिएका थिए । परीक्षामा दुबै तर्फका ११३९ जनाले परीक्षा फारम भरेका थिए, जसमा ५० जना अनुपस्थित रहेको नतिजा अाएको छ ।

प्रकाशित मिति: ३१ भाद्र २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्