भतिजाको कुटाईबाट मृत्यु



संखुवासभा, जेठ १७

संखुवासभाको खाँदबारी नगरपालिकामा भतिजाको कुटाईबाट घाइते ठुलो बुवाको उपचारका क्रममा मृत्यु भएको छ । खाँदबारी नगरपालिका –३ सुमन चौक बस्ने ५४ वर्षीय भक्तबहादुर दर्जीलाई आफ्नै भतिजा २५ वर्षिय कमल दर्जीले दाउराले कुटपिट गरी घाइते बनाएका थिए ।

घाइते भक्त बहादुरको उपचारका क्रममा जिल्ला अस्पतालमा आज विहान मृत्यु भएको हो । कुटपिटमा संलग्न कमललाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

प्रकाशित मिति: १७ जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्