एक बालिका र युवती बलात्कृत



रुकुम जेठ १७

रुकुम पश्चिममा आज एक बालिका र एक युवती बलात्कृत भएका छन् ।

आठबीसकोटकी बालिकालाई सोही गाउँका १४ वर्षीय किशोरले आफ्नै घरमा बलात्कार गरेको इलाका प्रहरी कार्यालय आठबीसकोटले अभियोग लगाएको छ ।

यस्तै सानीभेरीकी युवतीमाथि सोही गाउँपालिका दुई युवाले बलात्कार गरेकाले प्रहरीले पक्राउ गरी करणी मुद्दा दर्ता गरेको छ ।

प्रकाशित मिति: १७ जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्