आगलागीमा रु पाँचलाख बरावरको क्षति



इनरुवा, जेठ १८

सुनसरीको गढी गाउँपालिका–६ मा बिहीबार राति भएको आगलागीमा रु पाँच लाख बराबरको क्षति भएको छ । स्थानीय बुधु उरावको घरमा अचानक भएको आगलागीमा रु पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

आगलागीमा उरावका तीनवटा घर जलेर नष्ट हुनुका साथै आठवटा खसीबाख्रा, घरभित्र रहेको अन्नपात, लत्ताकपडा, फर्निचरका सामग्री, नगदलगायत जलेर नष्ट हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिनुभयो ।

आगलागीलाई स्थानीयवासी, प्रहरी र इनरुवा नगरपालिकाबाट गएको बारुणयन्त्रले नियन्त्रणमा लिएको थियो । आगलागीमा सबै घर जलेर नष्ट भएपछि उराव परिवार घरबारविहीन भएको स्थानीय कमलकिशोर शर्माले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News