जनप्रतिनिधिले नै रकम असुलेको बाढीपिडितको गुनाशो



विराटनगर,  जेठ १८

मोरङको रंगेली नगरपालिका– ४ का बाढीपीडितहरुले जनताको सेवा गर्छु भनेर जनताको मतबाट विजयी बनेका जनप्रतिनिधिले नै रकम असुलेको गुनाशो गरेका छन् ।

पीडितद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सोही नगरपालिका–४ का वडाध्यक्ष गोविन्दा मण्डलले आफूहरुसंग बाढीपीडितका लागि राहतस्वरुप आएको रकम उपलब्ध गराएवापत केहि रकम मागेको गुणासो व्यक्त गरेका छन् । गएको वर्षमा बाढीबाट पीडित भएका परिवारलाई सरकारले प्रतिपरिवार रु २५ हजार उपलब्ध गराएकोमा पीडितबाट वडाध्यक्षले परिवार हेरी रकम असुलेको र कसैलाई भनेमा अब आउने राहत रु ५० हजार नदिने भन्दै रकम असुलेको पीडित जुलाई मण्डलले जानकारी दिनुभयो ।

उहाँले आफूसँग रु पाँच हजार वडाध्यक्षले लिएको पनि बताउनुभयो । यसैगरी, पीडित भूपेन्द्र क्रिषिदेवसँग रु ५००, सुनिता देवी क्रृषिदेवसँग रु सात हजार र पारोदेवी क्रृषिदेवसँग रु दुई हजार असुलेको बताईएको छ । जनप्रतिनिधिले जनताको पक्षबाट वकालत गर्नु पर्नेमा उल्टै भ्रष्ट आचरण देखाउने यस्ता जनप्रतिनिधिलाई सत्यतथ्य पत्ता लगाई कडा कारवाहीका लागि पहल गरिदिन पीडित अवधेश मण्डलले पत्रकारसंग आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News