लागुऔषधसहित दुई जना पक्राउ
सुनसरी, जेठ १८
सुनसरीको धरानबाट आज बिहान लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । धरान–१५ महादेव चौकबाट प्रहरीले ३३ एम्पुल लागुऔषध टिडिजेसिकसहित धरान–१ बस्ने २० वर्षीय सौगात भुजेल र सोही ठाउँका २४ वर्षीय विनय मगरलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट लुपिजेसिक ११ एम्पुल, डाईजेल्याप ११ एम्पुल र एभिल ११ एम्पुल गरी जम्मा ३३ एम्पुल लागुऔषध बरामद भएको छ । पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ ।
प्रकाशित मिति: १८ जेष्ठ २०७५, शुक्रबार
















