सभापति देउवाद्वारा समवेदना


 


काठमाडौँ,जेठ १८
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पाल्पाको तानसेनबाट रामपुरतर्फ गइरहेको यात्रीबाहक बस दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

पार्टी सभापति देउवाले आज एक शोक सन्देश जारी गरी घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

आज बिहान पाल्पाको रम्भा गाउँपालिका–४ मा भएको उक्त दुर्घटनामा परी १२ जनाको मृत्यु हुनाका साथै १५ जना घाइते भएका थिए ।रासस

प्रकाशित मिति: १८ जेष्ठ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्