अढाई वर्ष कैद सजायको फैसला



इलाम, जेठ १८

एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका माईजोगमाई गाउँपालिका–२ का ३६ वर्षीय दीपक भट्टराईलाई जिल्ला अदालत इलामले अढाई वर्ष कैद सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश इन्द्रकुमार चोङटेन्लीको इजलासले मुलुकी ऐन जबर्जस्ती करणी महलको ५ नं बमोजिम भट्टराईलाई कैद सजाय सुनाएको अदालतले जानकारी दिएको छ । घाँस काट्न गएको मौका छोपी भट्टराईले गत फागुन १ गते ती महिलालाई बलात्कारको प्रयास गरेको पीडितले प्रहरीमा दिएको उजुरीमा उल्लेख गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News