सालकको खपटासहित दुई पक्राउ



ताप्लेजुङ, जेठ १८

ताप्लेजुङमा दुर्लभ वन्यजन्तु सालकको एक किलो पाँच सय ग्राम खपटासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–५ चाँगेबाट खपटासहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३८ वर्षीय सन्तोषकुमार लिम्बू र अर्का २९ वर्षीय मंगलसिंह लिम्बू रहेका छन् । झोलामा लुकाई राखेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दोभानले जनाएको छ ।

शुक्रबार नै सिदिङवा गाउँपालिका–४ साब्लाखुबाट एक थान भरुवा बन्दुक बरामद गरिएको छ । प्रहरीको फोन नं सहितको सन्देशमूलक स्टिकर टाँस्ने क्रममा स्थानीयवासी यमकुमार राईको घरमा फेला परेको बन्दुक बरामद भएको प्रहरीले जनाएको छ । स्टिकर टाँस्ने क्रममा पुगेको प्रहरीको टोलीले उक्त बन्दुक ढोकापछाडि लुकाइराखेको अवस्थामा फेला पारेको थियो । बन्दुक फेला परे पनि घरधनी घरमा नरहेकाले खोजी भइरहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News