नहर मर्मत कार्य अन्तिम चरणमा



विराटनगर, जेठ १९

सुनसरी–मोरङ सिँचाइ योजना अन्तगर्तको मूलनहरलाई बाढी तथा पहिरोबाट जोगाउन तटबन्ध निर्माण तथा नहर मर्मतकार्य अन्तिम चरणमा पुगेको छ ।

रु ११ करोडको लागतमा तटबन्ध निर्माण तथा नहर मर्मतकार्य गरिएको हो । गत साउन २७ र २८ गते आएको बाढीले मोरङको नेता चौकदेखि बाहुनी हँुदै केरौनको झमनपुर नहर शाखासम्म क्षतिग्रस्त मूलनहर, उपनहर र शाखा नहर तथा नहरको दुबैतर्फ डिलको मर्मत अन्तिम चरणमा पुगेको हो । मर्मत र निर्माण कार्य भइसकेपछि तोकिएको समयमा नै किसानलाई सिचाईंका लागि पानी उपलब्ध हुने विश्वास योजना प्रशासनको छ ।

बाहुनी पूर्व बेलबारी र कानेपोखरीको बीचमा रहेको चिसाङ खोलालाई बाढीले क्षतिग्रस्त बनाएपछि त्यसबाट मूलनहरमा असर पर्नसक्ने खतरा बढेकाले नहरललाई सुरक्षित बनाउन रु पाँच करोड ३५ लाखको लागतमा चिसाङ खोला नियन्त्रणको कार्य पनि सम्पन्न भएको योजनाका डिभिजनल इञ्जिनियर प्रदीप वान्तवाले बताउनुभयो ।

उक्त खोलामा १० मिटर चौडाइ भएको एक हजार ५०० मिटर लामो चेनलाइजेशन तथा आठ सय मिटर खोलाको दुबै छेउमा ढुंगासहितको पक्की तारजाली निर्माण गरिएको छ । पुल कलभर्ट र पानी निकासका लागि हिमपाइप समेत जडान गरिएको छ । उक्त निर्माण कार्य स्वामी नारायण आर्शिवाद साह जेभि कन्सट्रक्सन प्रालिले गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News