झापामा करेन्ट लागेर बालिकाको मृत्यु
झापा, जेठ १९
झापाको कचनकवल गाउँपालीकामा आज मध्यान्ह करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । कचनकवल गाउँपालीका वडा नम्बर ६ सिंगिमारीका मोहबत राजबंशीकी १२ बर्षिया छोरी ईन्दिरा राजबंशीको करेन्ट लागेर मृत्यु भएको हो ।
आज मध्यान्ह पौने १ बजे तिर घरमै टेबल फेन बिजुलीको प्लगमा जोड्ने क्रममा करेन्ट लागेर गम्भिर भएकी राजबंशीको उपाचारको लागी भद्रपुर ल्याउने क्रममा बाटोमै ज्यान भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
प्रकाशित मिति: १९ जेष्ठ २०७५, शनिबार
















