खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु



पोखरा, जेठ १९

माछा मार्ने क्रममा करेन्ट लाग्दा आज यहाँ एकजनाको मृत्यु भएको छ ।

करेन्ट लगाएर फुस्रे खोलामा माछा मार्ने क्रममा पोखरा लेखनाथ महानगरपालिका–१७ बेलघारीका ४३ वर्षीय सन्तोष परियारको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

माछा मार्दैगर्दा करेन्ट लागेर घाइते भएका परियारको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । रासस

प्रकाशित मिति: १९ जेष्ठ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्