भोजपुरमा श्रीमानको कुटाईबाट मृत्यु
भोजपुर, जेठ २०
भोजपुरको साल्पासिलिछो गाउँपालिका ३ गोथेबजार बस्ने ४५ वर्षीय हर्कबहादुर राईको कुटाईबाट ४० वर्षकी श्रीमती मेनुका राईको मृत्यु भएको छ ।
मेनुकालाई शनिबार राती घरायसी झगडा हुँदा पति हर्कबहादुर राईले पेटमा लात्तले हान्दा उनको पिसाब थैलीमा समस्या भएको र सोही कारण आज बिहान १० बजे उनको मृत्यु भएको स्थानीयले प्रहरी चौकी कुलुङमा जानकारी गराएको हो । घटनास्थलमा कुलुङबाट प्रहरीको टोली खटिगई कुटपिटमा संलग्न हर्कबहादुरलाई नियन्त्रणमा लिईएको छ भने इलाका प्रहरी कार्यालय दिङलाबाट गएको टोलीद्वारा घटना सम्बन्धमा अन्य अनुसन्धान कार्य भईरहेको छ ।
प्रकाशित मिति: २० जेष्ठ २०७५, आइतबार
















