धनगढीमा गोली प्रहार गरेर साढे ९ लाख रुपैयाँ लुट्ने पक्राउ


 


काठमाडौं, जेठ २१
धनगढीमा एक हप्ताअघि गोली प्रहार गरेर बैंकका कर्मचारीबाट साढे ९ लाख रुपैयाँ लुटेर फरार रहेका दुई जना काठमाडौंबाट पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले गोंगबुबाट कञ्चनपुरको कृष्णपुर–९, पिपरियाका २३ वर्षीय कल्लु भनिने कालु राना र कैलालीको धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँका २८ वर्षीय राम प्रवेश रानालाई पक्राउ गरेको हो ।

आईएमईका कर्मचारी ३७ वर्षीय निर्मल कार्कीमाथि गोली प्रहार गरेर ९ लाख ५० हजार रुपैयाँ लुटेर फरार रहेको सूचनाका आधारमा प्रहरीले उनीहरुमाथि निगरानी गरेको थियो ।

उनीहरुले कार्कीमाथि गोली हानेर रकम लुटेको स्वीकार समेत गरिसकेका छन् । कल्लु यसअघि पनि जबरजस्तीकरणी मुद्दामा ६ वर्ष सजाय भोगिसकेका व्यक्तिसमेत हुन् ।

प्रकाशित मिति: २१ जेष्ठ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्