बिर्तामोडमा “मेयर विषादीमुक्त नगर” कार्यक्रम सुरु



झापा, जेठ २१

झापाको बिर्तामोड नगरपालिकाले ‘मेयर विषादीमुक्त नगर’ कार्यक्रम सुरु गरेको छ । नगरभित्रै कम समयमा धेरै आम्दानी गर्ने लोभमा विषादी मिसिएको तरकारी उत्पादन हुन थालेपछि नगरपालिकाले अभियानकै रुपमा ‘मेयर विषादीमुक्त नगर’ कार्यक्रम सुरु गरेको हो ।

विषादीको प्रयोग गर्नेलाई निरुत्साहित गर्दै विषादी मुक्त नगर बनाउने कार्यक्रममा कृषकलाई समेट्न अहिले नगरपालिकाले कृषक र कृषकहरुको समूहलाई कृषि सामग्रीसहित जैविक तथा प्राङ्गारिक विषादी वितरण गर्न सुरु गरेको नगर प्रमुख ध्रुवकुमार सिवाकोटीले जानकारी दिए ।

बिर्तामोड नगरपालिकाभित्रका ५० जना कृषकलाई विषादीरहित तरकारी तथा फलफूल खेती गर्न कृषि सामग्री वितरण गरेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News