ट्याक्टरको ठक्करबाट महिलाको मृत्यु


 


मोरङ, जेठ २२

मोरङको रंगेली नगरपालिका – ८ मा सोमबार साँझ ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । को २ त ५०६७ नम्बरको ट्याक्टरले को २ प १३९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलको पछाडी सवार कटहरी गाउँपालिका बस्ने ४० वर्षीया लतिया पासवानको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

स्थानीय चिसाङ खोलाबाट बालुवा लिएर आउँदै गरेको ट्याक्टरले रंगेली–दोहमना सडक खण्डमा उक्त मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट मोटरसाइकलका चालक सोही ठाउँका ५० वर्षीय पुरुषोत्तम रिजाल सामान्य घाइते भएका छन् ।

उनको रंगेली अस्पतालमा उपचार भईरहेको छ । ठक्कर दिने ट्याक्टर र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति: २२ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्