धरानबाट ८ जना जुवाडे प्रक्राउ



सुनसरी, जेठ २२

सुनसरीको धरानबाट आठ जना जुवाडे पक्राउ परेका छन् । सोमबार अपरान्ह ४ बजे धरान उपमहानगरपालिका १२ स्थित अर्जुन कटुवालको घरबाट उनीहरुलाई पक्राउ गरेको हो ।

तास खेल्दै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो । विशेष सुचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । जुवाको खालबाट प्रहरीले नगद ६० हजार रुपैया र तीन बुक तास समेत बरामद गरेको छ । पक्राउ परेका सबै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान गर्ने कार्य भईरहेको छ ।

प्रकाशित मिति: २२ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्