धनुषामा करेन्ट लागेर दाजुभाईको मृत्यु



धनुषा, जेठ २२

धनुषामा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुने दुवैजना दाजुभाई रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय, धनुषाले दिएको जानकारीअनुसार जनकपुर उपमहानगरपालिका–१७ कनकपट्टी बस्ने बौका साहको छोरा २६ वर्षीय सुरेन्द्र साह र २४ वर्षीय वीरेन्द्र साहको करेन्ट लागेर मृत्यु भएको छ ।

सोमबार साँझ आफ्नै घरमा बिजुलीका सामग्री मर्मत गरिरहेको बेला करेन्ट लागेको थियो । करेन्ट लागेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

मृतकका शवलाई अहिले परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News