बाजुरामा ४.९ रेक्टर स्केलको भूकम्प, ६ जिल्लामा धक्का


 


काठमाडौं, जेठ २२
मंगलबार विहान ७ बजेर १९ मिनेट जाँदा बाजुरामा ४.९ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पले सात नम्बर प्रदेशका बाजुरासहित ६ वटा जिल्लामा धक्का महशुस गरिएको छ ।

भूकम्पको धक्का बाजुरासहित, अछाम, डोटी, बझाङ, डडेल्धुरा र दार्चुलामा पनि महसुश गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ । भूकम्पको क्षति विवरण भने प्राप्त भएको छैन ।

प्रकाशित मिति: २२ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्