एसएसपी खत्री ‘गोरे’सँगै बस्न अस्वीकार



मोरङ,जेठ २२

सुन तस्करी प्रकरणमा निलम्बन भएका एसएसपी श्याम खत्रीले सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’सँगै बस्न अस्वीकार गरेका छन् । मोरङको जिल्ला कारागारमा गोरेसँगै बस्न अस्वीकार गरेपछि खत्रीलाई सुनसरीको झुम्का कारागारमा लगिएको मोरङ प्रहरीले जनाएको छ ।

खत्रीले आफूलाई गोरेसँगै नराख्न अनुरोध गरेका थिए । गोरेसँग सँगै बसेमा थप कुराहरू खुल्ने डरले खत्रीले अलग्गै कारागार मागेका हुन् । यद्यपी प्रहरीले सुरक्षाको दृष्टिकोणले अप्ठ्यारो पर्न सक्ने डरले छुट्टाछुट्टै राखिएको बताएको छ ।

मोरङका एसपी मनोजकुमार केसीले अनुसन्धान प्रभावित हुने र सुरक्षामा प्रश्न खडा हुने आंशकाका कारणले दुबैजनालाई फरक फरक ठाउँमा राखिएको बताउनुभयो । खत्रीले मोरङ प्रहरी समक्ष आफूलाई अलग्गै कारागारमा राख्न निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News