चट्याङ लागेर ७ विद्यार्थी घाईते
सुनसरी, जेठ २२
सुनसरीको धरान उपमहानगरपालिका वडा नं। २० स्थित भालढुंगा माध्यामिक विद्यालयका ७ जना विद्यार्थी चट्याङ लागेर घाइते भएका छन् । कक्षा कोठामा पढिरहेको अवस्थामा मंगलबार दिउसो परेको चट्याङ्ग लाग्दा ७ जना विद्यार्थी घाइते भएका हुन् ।
कक्षा ५ र ६ का ५ जना त्यस्तै कक्षा ८ र ९ का २ जना गरी ७ जना विद्यार्थी घाइते भएको विष्णुपादुका अस्थाई प्रहरी चौकीले जनाएको छ ।
चट्याङ लागेर घाइते हुने कक्षा ६ का विद्यार्थीहरु पुणिमा तामाङ, जेसिका तामाङ, मौसम राई, संगम राई र धारापानीको प्रमिला पाण्डे रहेका छन् भने कक्षा ८ का रिया राई र कक्षा ९ का अस्मिता राई रहेका छन् ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा घाइते सबै विद्यार्थीहरुको उपचार भइरहेको अस्थाई प्रहरी चौकी विष्णुपादुका का प्रहरी साहयक निरिक्षक काजीमान खत्रीले जानकारी दिनु भयो । सबै विद्यार्थीको अवस्था खतराममुक्त रहेको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले जनाएको छ ।
प्रकाशित मिति: २२ जेष्ठ २०७५, मंगलबार
















