जिवन ज्योतीद्वारा विरुवा वितरण



मोरङ, जेठ २२

विश्व वातावरण दिवसको अवसर पारेर मंगलवार मोरङको उर्लाबारी—९ स्थित जिवन ज्योती महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्ना सेयर सदस्यहलाई विरुवा वितरण गरेको छ ।

दुर्गापुरी बजारमा एक कार्यक्रमको आयोजना गरि सहकारीले ३ सय वटा कागतीको विरुवा र ६ सय पोका भटमासे घाँस वितरण गरेको संस्थाकी अध्यक्ष हिरा श्रेष्ठले बताउनुभयो । वातावरण दिवसमा जनचेतना अभिबुृद्धी गर्नका साथै बृक्षारोपण मार्फत सेयर सदस्य लाभान्वित गराउन कार्यक्रमको आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

तरकारी तथा फलफुल सहकारी केन्द्रीय संघका उपाध्यक्ष मुक्तिनाथ बरालको प्रमुख आथित्यतामा भएको कार्यक्रममा उर्लाबारी—९ का वडा अध्यक्ष बम फ्याक र उर्लाबारी —८ का वडा अध्यक्ष कुलबहादुर कार्कीलाई संस्थाले मायाको चिनो विरुवा दिदैं कार्यक्रम सुरु गरेको थियो ।

प्रकाशित मिति: २२ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्