विवेकशील साझा पार्टीका नेता नेकपामा प्रवेश



काठमाडौँ जेठ २२

विवेकशील साझा पार्टी पर्सा जिल्ला अध्यक्षसहितको समूह नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा आज आयोजित एक कार्यक्रममा सो पार्टीका नेताहरु पार्टी प्रवेश गरेका हुन् । उनीहरुलाई अध्यक्ष दाहालले अविर र माला लगाएर पार्टी प्रवेश गराउनु भएको हो ।

पार्टी प्रवेश गर्नेमा विवेकशील साझा पार्टीका पर्सा जिल्ला अध्यक्ष रामकुमार पाण्डेको नेतृत्वमा पार्टीका व्यवस्थापिका प्रमुख बबिल थापा, कार्यपालिका प्रमुख मुस्ताक अलाम, न्यायपालिका प्रमुख सुरेशकुमार बादललगायत हुनुहुन्छ ।

सो अवसरमा अध्यक्ष दाहालले विभिन्न क्षेत्रमा रहेका प्रगतिशील तथा देशभक्तलाई संगठित गरेर समृद्ध नेपाल निर्माण गर्ने महाअिभयानमा पार्टी केन्द्रित रहेको बताउनुभयो । उहाँले नवप्रवेशीलाई उचित जिम्मेवारी दिइनेसमेत प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News