सामाजिक सञ्जालमा मजाक बनेको व्यानरको वास्तविकता



पोखरा, जेठ २३
पोखरामा एउटा कार्यक्रममा टाँसिएको ब्यानरमा लेखिएको विषयलाई लिएर फेसबुक र ट्विटरमा मजाक बनाइएको छ । ब्यानरमा लेखिएको विषय नजानेरै बिग्रिएको पाइएको छ ।

सोमबार पोखरा लेखनाथ महानगरपालिकामा गर्भवती सम्बन्धी भएको जनचेनतामुलक कार्यक्रमको ब्यानरमा ‘गर्भवतीहरूका लागि एक दिने जनचेतना कार्यक्रम’ हुनुपर्नेमा ‘एक दिने गर्भवतीहरूका लागि जनचेतना कार्यक्रम’ भनेर लेखिएको थियो ।

यसै विषयमा फेसबुक ट्वीटरलगायतका सामाजिक सञ्चालनमा मजाक बनाइएको थियो । कार्यक्रमको आयोजक पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले आफू बाहिर भएका कारण व्यानर विग्रिएको बताए ।

उनले आफू कार्यक्रममा भएपनि हेर्न नभ्याएकोसमेत बताएका छन् । उनले भुलबस यस्तो गल्ती भएको भन्दै आगामी दिनमा गल्ती नदोहोर्याउने बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News