५८८ एम्पुल लागुऔषध टिडिजेसिक बरामद



उदयपुर, जेठ २३

उदयपुरको त्रियुगा नगरपालिका – ६ बाट मंगलबार राती ५८८ एम्पुल लागुऔषध टिडिजेसिक बरामद भएको छ ।  प्रहरी चौकी लालपत्ताको गस्ती टोलीले त्रियुगा नगरपालिका –६ चुरिया जंगलमा दुई जना युवकले फ्याँकेको झोलाबाट लागुऔषध बरामद गरेको हो ।

राती ९ :३० बजे शंकास्पद अवस्थामा कालो झोला बोकेर तीन जना युवक हिड्दै गरेको देखेपछि उनीहरु मध्ये एक त्रियुगा नगरपालिका १२ बस्ने पुष्पपारस राईलाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गर्नेक्रमा अन्य दुई जना कालो प्लाष्टिकको झोला फ्याँकेर भागेका थिए ।

झोलाबाट डाईजोल्याप १९६ एम्पुल, फेनारगन १९६ एम्पुल , लुपिकजेशिक १९६ एम्पुल र सिरिन्च २३ बरामद भएको थियो । पक्राउ परेका राईलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने अन्य फरारहरुको खोजी कार्य भईरहेको जनाईएको छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्