वैज्ञानिकले यमग्रहबारे गरेको अनुमान असत्य, यसरी भयो प्रमाणित



काठमाडौँ, जेठ २४

वैज्ञानिकले यमग्रहका विषयमा गरेको अनुमान असत्य भएको त्यहाँ पठाइएको अन्तरिक्षयानले खिंचेर पठाएका तस्वीरबाट प्रमाणित भएको छ ।

नेपाल एष्ट्रोनोमिकल सोसाइटी र साउथ वेष्टर्न स्टेट कलेजले आज यहाँ आयोजना गरेको नासाका अनुसन्धाता डा हेन्द्री थ्रूपसँगको संवादमा यमग्रहमा वायुमण्डल र पर्वत शृङ्खला पाइएको जानकारी गराइयो ।

यसअघि यमग्रहमा वायुमण्डल र पर्वत शृङ्खलाजस्ता बनोट नभएको अनुमान गरिएको थियो ।

हेन्द्रीलाई विद्यालयदेखि विश्वविद्यालय तहसम्मका विद्यार्थीले प्रश्न सोधेका थिए । सन् २०१५ मा यमग्रह पुगेको अन्तरिक्षयान हाल त्यहाँबाट क्षुद्रग्रह र पुच्छ«ेतारातिर अघि बढेको छ । यानमा सन् २०४० सम्मलाई पुग्ने ब्याट्री रहेको जनाइएको छ ।

यमग्रहमा मिथेन ग्यास र ज्वालामुखी विष्फोट भइरहेको तस्वीर पनि यानले खिंचेर नासामा पठाएको थियो । हेन्द्री नासाको न्यू होराइजन मिशन र यान बनाउने काममा समेत संलग्न हुनुहुन्छ । यमग्रह हो वा होइन भन्नेमा अहिले पनि विवाद छ । उहाँले भने यमलाई ग्रह नै हो भनी ठोकुवा गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News