सर्पको डसाइबाट महिलाको मृत्यु



पर्सा, जेठ २५

सर्पको डसाइबाट पर्सा जिल्लामा बिहीबार एक महिलाको मृत्यु भएको छ ।

पर्साको पटेर्वासुगौली गाँउपालिका–४ निवासी ५० वर्षीया कलपति देवीको मृत्यु भएको हो । कलपति देवीको उपचारको क्रममा वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको हो ।

घर नजिकै काम विशेषले गएकी कलपति देवीलाई विषालु सर्पले डसेको थियो । सर्पदंशले बिरामी भएकी कलपति देवीलाई उपक्षेत्रीय अस्पतालमा भर्ना गराए पनि उनको ज्यान जोगाउन नसकिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

कलपति देवीलाई अस्पताल ल्याउन ढिलाइ भएको र कुन सर्पले डसेको भन्ने बारेसमेत खुल्न नसकेको चिकित्सकले बताएका छन् । मृतक महिलाको शव परिवारको जिम्मा लगाई पठाइएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News