निर्माणाधिन घरको छतमा लिएर बालिका बलात्कार गर्ने पक्राउ



भक्तपुर, जेठ २५

गत तिहारमा देउसीभैलो खेल्न जाऔँँ भन्दै फकाएर निर्माणाधीन एकतला घरमाथि लगेर तीन वर्षीयालाई बलात्कार गरी फरार रहेका भनिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

गत कात्तिक ३ गते भएको घटनाका अभियुक्त उदयपुर चौदण्डीगढी नपा–५ स्थायी घर भई  हाल भक्तपुर–१ सल्लाघारी बस्ने २८ वर्षीय सुरेन्द्र चौधरीलाई  पक्राउ गरिएकोे महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिनुभयो ।

यसैगरी चाँगुनारायण नगरपालिका–६ का आशिष भँडेललाई खुकुरी प्रहार गरी सख्त घाइते बनाई फरार रहेका काभ्रेपलाञ्चोक चौंरी देउराली गाउँपालिका–६ का विमल लामालाई प्रहरीले पाँच वर्षपछि आज पक्राउ गरेको छ ।

विसं २०७० जेठ ९ गते भक्तपुर नगरपालिका–४ डेकोचा चोकमा भँडेललाई खुकुरी प्रहार गरेका अभियुक्त लामालाई प्रहरीले भक्तपुर दरबार स्क्वायरबाट पक्राउ गरेको हो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News