सुनचाँदीको मूल्य निरन्तर बढ्दै, कति छ आज ?


 


काठमाडौं, जेठ २५
केही दिनदेखि बजारमा सुनचाँदीको मूल्य निरन्तर बढ्दै गइरहेको छ । आज पनि सुन तोलामा थप दुई सय रुपैयाँ बढ्दै प्रतितोला ५८ हजार चार सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ५८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा थप पाँच रुपैयाँ बढ्दै प्रतितोला सात सय ७५ रुपैयाँ पुगेको छ । हिजो चाँदी सात सय ७० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २५ जेष्ठ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्