दलगाउँ गाविस धुँवा, खोप र खुलादिसामुक्त


 


भोजपुर, असोज २dalgaun odf

यहाँको दलगाउँ गाविस घरभित्रको धुवाँमुक्त, पुर्ण खोपयुक्त र खुलादिसामुक्त गाविस घोषणा भएको छ । गाविसका सबै घरधुरीमा सुधारिएको चुल्हो निर्माण र प्रयोग भएसँगै गाविस धुँवामुक्त भएको हो ।

यहाँका सबै बालबालिकालाई सबै प्रकारको खोप लगाइसकेकोले खोपयुत्त घोषणा गरिएको छ । त्यस्तै गाविसका सबै घरमा सुधारिएको शौचालय निर्माण र प्रयोग हुन थालेपछि गाविसलाई एक कार्यक्रममकाबिच खुलादिसामुक्त गाविस घोषणा गरिएको छ ।

यसअघि नै गाविसलाई खुलादिसामुक्त घोषणा गर्ने तयारी भए पनि भूकम्पका कारण ढिला भएको गाविस सचिव लिलानाथ रेग्मीले बताए । शौचालय निर्माणमा गाविसले स्थानीयलाई आर्थिक सहयोग गरेको थियो ।

गाविसमा सुधारिएको चुल्हो निर्माणका लागि सामूहिक अभियान भोजपुरले सहयोग गरेको थियो । यो कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका नेता, सरकारी कार्यालयका प्रतिनिधी, गैह्र सरकारी कार्यालका प्रतिनिधि लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: २ आश्विन २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्