बहुमतको आडमा सर्वसत्तावाद लाद्न खोजियो : थापा



हेटौँडा, जेठ २५

राप्रपाका अध्यक्ष कमल थापाले संविधान र संसदीय प्रजातन्त्रको आवरणमा वर्तमान सरकारले मुलुकमा सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाउनुभएको छ ।

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनद्वारा आज हेटौंँडामा आयोजित ३ नं प्रदेशस्तरीय युवा प्रशिक्षण शिविरको उद्घाटन गर्दै उहाँले करीब दुई तिहाइ बहुमत पाएको दम्भमा सरकार क्रमिक रुपमा अधिनायकवादतर्फ उन्मुख रहेको दोषारोपण गर्नुभयो ।

उहाँले आगामी फागुनभित्र पार्टीले हिन्दू राज्य पुनःस्थापनाका लागि आन्दोलनको तयारी थालेको जानकारी पनि दिनुभयो । अध्यक्ष थापाले फौजदारी मुद्दा लागेका प्रतिनिधिसभाका सदस्यलाई पदबाट निलम्बन नगर्ने भनी संसदको नियमावली आज पारित गरिँदा देशमा राजनीतिक अपराधीकरण बढ््न जाने विचार व्यक्त गर्नुभयो ।

राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले मुलुकमा बाह्य शक्तिको हस्तक्षेप निस्तेज पार्न सबै प्रजातान्त्रिक शक्ति एक जुट हुनुपर्ने बताउनुभयो । यही जेठ २६ गतेसम्म चल्ने शिविरमा ३ नं प्रदेशअन्तर्गत १३ जिल्लाका युवा संगठनका अध्यक्ष, सचिव, क्षेत्रीय प्रतिनिधि र जिल्ला सचिव गरी २९५ प्रतिनिधिको सहभागिता रहेको राप्रपाका सहायक महामन्त्री राजराम बर्र्तौलाले जानकारी दिनुयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News