सुनचाँदीको मूल्य लगातार बढ्दै, कति छ आजको मूल्य ?



काठमाडौं, जेठ २७
नेपाली बजारमा केही दिनदेखि सुनचाँदीको मूल्य बढ्दै गएको छ । आज पनि सुन तोलामा थप दुई सय रुपैयाँ बढ्दै प्रतितोला ५८ हजार चार सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ५८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि निरन्तर बढ्दै गएको छ । आज चाँदीको मूल्य तोलामा थप पाँच रुपैयाँ बढ्दै प्रतितोला सात सय ८० रुपैयाँ पुगेको छ । चाँदी हिजो सात सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News