राष्ट्रियसभा नियमावली पारित



काठमाडौँ, जेठ २७

राष्ट्रिय सभाको आजको बैठकले ‘राष्ट्रिय सभा नियमावली, २०७५ को परिमार्जित मस्यौदा प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज बसेको राष्ट्रिय सभाको बैठकले उक्त नियमावली पारित गरेको हो ।

बैठकमा राष्ट्रियसभा नियमावली मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले ‘राष्ट्रियसभा नियमावली, २०७५’ को परिमार्जित मस्यौदा प्रतिवेदन बैठकमा पेश गर्नुभएको थियो ।

बैठकमा दीनानाथ शर्मा, सुरेन्द्रराज पाण्डे, बृशेषचन्द्र लाल, प्रमिला कुमारी र डा विमला राई पौडेलले बैठकमा पेश भएको नियमावली एकताको सन्देशको भावसहित आएको बताउनुभएको थियो । राष्ट्रिय सभाको अर्को बैठक असार ३ गते दिनको ११ बजे बस्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News