सार्वजनिक स्थानमा निर्घात कुटिइन् दिलकुमारी, लाज छोप्ने कपडासमेत च्यातियो (भिडियोसहित)



काठमाडौं, जेठ २८
दाङको भालुवाङ बसपार्कमा शुक्रबार दिउँसो महिलामाथि भएको निर्घात कुटपिटको घटना बाहिरिएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर १ कि अनिता गुप्ता र रेखा गुप्ताले दिलकुमारी पुनलाई निर्घात कुटपिट गरेको घटना दुई दिनपछि सार्वजनिक भएको हो ।

सितगंगा नगरपालिका ९, अर्घाखाँची स्थायी घर भएकी ३९ वर्र्षीया दिलकुमारीलाई कुटपिट गर्ने महिला एकैघरका जेठानी देउरानीसमेत हुन् ।

दाङ प्रहरीले कुटपिटमा संलग्न दुवै महिलालाई आइतबार पक्राउ गरिसकेको छ ।जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रमुख डिएसपी रामप्रसाद घर्तीले जग्गाको विषयमा महिलाहरूबीच विवाद भएको जानकारी दिए ।

दिलकुमारीकी दिदी सुमित्रा कुमालले कुटपिट गर्ने महिलाबाट लिएको १० लाख रुपैयाँ तिर्न नसक्दा घटना हुन पुगेको प्रहरीले जनाएको छ । दुई दिनपछि भएको घटना अहिले भाइरल बनिरहेको छ ।

हेर्नुहोस् भिडियो…

 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News