डेब्यू खेलमै आइसल्याण्डले अर्जेन्टिनालाई बराबरीमा रोक्यो, पेनाल्टीमा चुके मेस्सी


 


काठमाडौं, असार २
विश्वकप फुटबलमा पहिलो पटक सहभागिता जनाएको आइसल्याण्डले अर्जेन्टिनालाई बराबरीमा रोकेको छ । आज भएको समूह ‘डी’को पहिलो खेलमा १–१ को बराबरीमा खेल रोकियो ।

खेलका क्रममा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले दुई वटा पेनाल्टी हान्ने अवसर पाएपनि त्यसमा चुके ।

अर्जेन्टिना लागि सर्जियो अग्यूरोले १९औँ मिनेटमा गोल गरे भने आइसल्यान्डका लागि २४ औँ मिनेटमा फिनबोग्सनले जवाफी गोल गरे ।

प्रकाशित मिति: २ असार २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्