विश्वकप फुटवलमा आज कुन–कुन देश भिड्दैछन्


 


एजेन्सी, असार ७

विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । समूह ‘सी’ को खेलमा डेनमार्क र अष्ट्रेलिया भिड्नेछन् । यो खेल नेपाली समय अनुसार आज साँझ पौने ६ बजे सामरा एरिनामा हुनेछ ।

पहिलो खेलमा पेरुलाई हराएको डेनमार्क आज लगातार दोस्रो जितको खोजीमा हुनेछ भने पहिलो खेलमा फ्रान्ससँग हारेको अष्ट्रेलिया प्रतियोगितामा जीवित रहन जित्नैपर्ने दबाबमा छ । आजै हुने दोस्रो खेलमा फ्रान्स र पेरु भिड्नेछन् । एकातेरिन्वर्ग एरिनामा नेपाली समय अनुसार राती पौने ९ वजे सुरु हुने खेल पेरुका लागि ‘गर वा मर’को अवस्थामा छ ।

आजै राति पौने १२ बजे अर्जेन्टिना र क्रोएसिया भिड्नेछन् । पहिलो खेलमा आइसल्याण्डसँग बराबरीमा रोकिएको अर्जेन्टिना आज कुनै पनि हालतमा जितका लागि मैदानमा उत्रिनेछ । उता पहिलो खेलमा नाईजेरियालाई हराएको क्रोएसिया पनि लगातार दोस्रो जितका साथ अन्तिम १६ मा स्थान सरक्षित गर्ने अभियानमा हुनेछ ।

 

प्रकाशित मिति: ७ असार २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्