पोल्याण्ड विश्वकप फुटवलको समूह चरणबाटै बाहिरियो



एजेन्सी, ११ असार

युरोपेली टोली पोल्याण्ड विश्वकप फुटवलको समूह चरणबाटै बाहिरिएको छ । गएराति कोलम्बियासँग पराजित भएपछि पोल्याण्ड विश्वकपको समूह चरणबाट बाहिरिने निश्चित भएको हो ।

पहिलो खेलमा सेनेगलसँग २–१ ले पराजित भएको पोल्याण्डले कोलम्बियासँग ३–० गोलको पराजय ब्यहोर्याे । पोल्याण्डले समूहको २ खेलबाट अंक जोड्न सकेको छैन भने आजको जितपछि कोलम्बियाको ३ अंक भएको छ ।

गएराती नै भएको खेलमा २–२ गोलको बराबरी खेलेका सेनेगल र जापानको ४–४ अंक छ । समूहको अन्तिम खेलमा जापानले पोल्याण्डसँग खेल्नेछ भने सेनेगलले कोलम्बियासँग खेल्नेछ ।

पोल्याण्डसँगको खेलको ४० औं मिनेटमा यरी मिनाको हेड गोलमार्फत कोलम्बिया अग्रता लियो । यस्तै, ७० औं मिनेटमा रामाडेल फाल्काओले र ७५ औं मिनेटमा जुहान कुवाड्राडोले गोल गरे । जेम्स रोड्रिग्वेजले गोल गर्न नसकेपनि २ गोलका लागि पास उपलब्ध गराएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News