अर्जेन्टिना विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश


 


काठमाण्डौँ, असार १३

नाईजेरियालाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । सुरुवाती दुई खेलमा जित निकाल्न नसकेपछि दबाबमा परेको अर्जेन्टिनाले समूहको अन्तिम खेलमा गएराति नाईजेरियालाई २–१ ले हरायो ।

खेलको १४ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिए । दोस्रो हाफमा नाईजेरियाले पेनाल्टी हान्ने अवसर पायो । ५१ औं मिनेटमा पाएको पेनाल्टीलाई नाईजेरियाका भिक्टर मोसेसले गोलमा बदलेपछि खेल १–१ गोलको बराबरीमा पुग्यो । निर्धारित समय सकिन ४ मिनेट बाँकी छँदा अर्जेन्टिनाका डिफेन्डर मार्कस रोहोले गोल गर्दै टोलीको जित पक्का गरे ।

समुहका ३ खेलबाट ४ अंक जोडेको अर्जेन्टिना समूह उपविजेता बन्दै राउन्ड अफ सिक्सटिनमा पुगेको हो । राउन्ड अफ सिक्सटिनमा उसको भिडन्त समुह सी को विजेता फ्रान्ससँग हुनेछ । यो खेल आगामी शनिवार रुसको काजान शहरमा नेपाली समय अनुसार बेलुकी पौने ८ बजे सरुु हुनेछ ।

प्रकाशित मिति: १३ असार २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्