अर्जेन्टिनाको यात्रा सकियो, फ्रान्स क्वार्टरफाइनलमा


 


काठमाडौं, असार १६
अर्जेन्टिनालाई हराउँदै फ्रान्स विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज भएको नकआउट चरणको पहिलो खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोल अन्तरले हराएको हो । एम्बाप्पेको दुई गोलको मदतले फ्रान्सलाई जित दिलाएको हो ।

दोस्रो हाफको सुरुमा नै गोल खाएको फ्रान्स ११ मिनेट तीन गोल गर्दै खेलमा फर्किएको थियो । उसका लागि एम्बाप्लेले लगातार दुई गोल गरेका थिए ।

प्रकाशित मिति: १६ असार २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्