विश्व कपः उत्कृष्ट खेलाडीको यात्रा एकै दिन सकियो, मेसीपछि रोनाल्डो पनि घर फर्किए


 


काठमाडौं, असार १७
रसियामा जारी विश्व कप फुटबलको पहिलो प्रि–क्वार्टरफाइनल खेलबाट लियोनेल मेसीको टीम फ्रान्ससंग पाराजित भएसंगै दोस्रो खेलमा क्रिस्टियानो रोनाल्डोको टीम पोर्चुगल पनि पराजित भएको छ ।

दोस्रो प्रि–क्वार्टर फाइनल अन्तर्गत शनिवार फिस्ट स्टेडियममा उरुग्वेले पोर्चुगललार्इ २–१ गोलले हराएको छ । आठ वर्षपछि क्वार्टर फाइनलमा स्थान बनाएको उरुग्वेले पोर्चुगललाई पराजित गर्दै घर पठाएको हो ।

जसमा उरुग्वेले पहिलो जित निकाल्यो । यसअघि पोर्चुगलले १ जित र १ बराबरी खेलेको थियो।

यस खेलमा रुग्वेका लागि एडिन्सन काभानीले ७ औँ र ६२ औँ मिनेटमा गोल गरे । काभानीले यस विश्वकपमा गोल संख्या ३ पुर्याएका छन्। अर्कातिर पोर्चुगलका लागि डिफेन्डर पेपेले ५५ औँ मिनेटमा गोल गरे ।

क्वार्टर फाइनलमा उसको भेट अब ६ जुलाईमा फ्रान्ससँग हुनेछ । यसअघि फ्रान्सले लियोनेल मेसीको टिम अर्जेन्टिनालार्इ ४–३ ले हराएर घर पठाएको थियो ।

दुवै टिमको पराजयपछि विश्वका सबैभन्दा उत्कृष्ट दुर्इ खेलाडी यस विश्वकपमा देखिने छैनन् ।

प्रकाशित मिति: १७ असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्