मेक्सिकोलाई पराजित गर्दै ब्राजिल क्वार्टरफाइनलमा, बन्यो सर्वाधिक गोलकर्ता


 


काठमाडौं, असार १८
रूसमा जारी फिफा विश्व कपमा सोमवारको पहिलो प्री–क्वार्टरफाइनलमा ब्राजिललले मेक्सिकोलाई २–० ले पराजित गरेको छ । यससंगै ब्राजिल क्वार्टर फाइनलमा प्रवेश भएको छ ।

पहिलो हाफमा बराबरी भएको खेलको दोस्रो हाफमा ब्राजिलका लागि नेमारले ५१ औं मिनेटमा गोल गरे । दोस्रो गोल निर्धारित समय सकिन दुई मिनेट अगाडि रोबर्टो फिर्मिनोले गोल गरे ।

नेमारको यो गोलसंगै ब्राजिल जर्मनीलाई पछारेर विश्व कपको इतिहासमा सबैभन्दा बढी गोल गर्ने टीम बनेको छ । ब्राजिलको खातामा यस गोलसंगै विश्व कपमा २२७ गोल भएको छ ।

प्रकाशित मिति: १८ असार २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्