विश्वकपमा ‘गोल्डेन बूट’का दाबेदारः यी हुन् सर्वाधिक गोलकर्ताः (नामसहित)


 


काठमाडौं, असार २०
रुसमा जारी विश्वकपअन्तर्गत क्वाटरफाइनल प्रवेश गर्ने टिमको टुंगो लागेसँगै अब गोल्डेन बुट कसले पाउँछ भन्ने चर्चा सुरु हुन थालिसकेको छ । प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी नै ‘गोल्डेन बुट’को दाबेदार हो ।

अहिलेसम्मको गोल संख्या हेर्दा गोल्डेन बुटको दाबेदारका रुपमा इंग्ल्याण्डका कप्तान ह्यारी केन अगाडि देखिएका छन् । उनले अहिलेसम्म ६ गोल गरेका छन् ।

कोलम्बियालाई हराउँदै इंग्ल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेपछि गोल्डेन बुटमा केनको सम्भावना बढेको हो । जुन खेलमा उनले एक गोल गर्दै गोल संख्या ६ पुर्याए ।

केनलाई अन्य कसले पछ्याएका छन् ?
केनपछि दोस्रो स्थानमा बेल्जियमका रोमेलु लुकाकु छन् । उनको गोल संख्या ४ छ । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पनि ४ गोल नै गरेका छन् । तर, पोर्चुगल प्रतियोगिताबाट बाहिरिसकेकाले उनको कुनै चुनौती छैन ।

त्यस्तै उरुग्वेका एडिन्सन काभानी, रुसका डेनिस चेरिसेभ, आर्टेम डिजुबा, फ्रान्सका किलियन एमबाप्पेले तीन गोल गरेका छन् ।

प्रकाशित मिति: २१ असार २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्