रसिया विश्वकपः अलग राष्ट्रका दाबेदार बाहिरिए, ट्रफी युरोपमै रहने पक्का


 


काठमाडौं, असार २३
रसियामा जारी फिफा विश्वकपबाट युरोपियन राष्ट्रबाहेकका सबै टीम बाहिरिएपछि अब उपाधि युरोप बाहिर नजाने भएको छ । २००२ यता उपाधि जित्दै आएका युरोपियन राष्ट्रहरुले यस पटक पनि विश्वकपको उपाधि जित्ने पक्का भएको हो ।

शुक्रवार भएको दुई क्वाटरफाइनलमा खेलमा दक्षिण अमेरिकी राष्ट्रहरु पनि पराजित भइसकेका छन् । सन् २००२ मा ब्राजिलले विश्वकप जितेको थियो ।

त्यसयता युरोपियन राष्ट्रले मात्रै उपाधि जित्दै आएको छन्। यसअघि २००६ मा इटली, २०१० मा स्पेन तथा २०१४ मा जर्मनीले विश्वकप ट्रफी उचालेको थियो। यसमध्ये इटली छनोट हुने सकेन र स्पेन र जर्मनी बाहिरिसकेको छ।

उपाधिको दाबेदार मानिएको ब्राजिल पनि दोस्रो क्वाटरफाइनलमा बेल्जियमले पराजित गरेपछि दक्षिण अमेरिकी चुनौती क्वाटरफाइनलमै समाप्त भएको छ।
त्यस्तै,  दक्षिण अमेरिकी राष्ट्रमध्ये पेरु समूह चरणबाटै बाहिरियो भने अर्जेन्टिना र कोलम्बिया अन्तिम १६ बाट आउट भए ।

 

प्रकाशित मिति: २३ असार २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्