विकास र समृद्धिका लागि जगबाटै सुधार गर्नुपर्छ : प्रधानमन्त्री



काठमाडौँ, असार २३

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि जगबाटै सुधार गर्नु पर्ने बताउनुभएको छ । प्रदेश नं २ का सांसदहरुसँग आज बालुवाटारमा भेटघाट गर्दै प्रधानमन्त्री ओलीले समृद्धिको बाटोमा अघि बढ्नका लागि आर्थिक आधार तयार गर्नुपर्ने बताउनुभयो ।

प्रदेश नं २ का नेकपाका सांसदहरुले त्यहाँको विकास, समृद्धि, शिक्षा, स्वास्थ्य, सामाजिक सुधार आदि जस्ता क्षेत्रमा उठाएका समस्याको बारेमा आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीले प्रदेश नं २ को स्वरुप फेर्न यहाँका सांसद नै लाग्नु पर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले महिला हिंसा भएका ठाउँमा जनप्रतिनिधिले मिलापत्र गराउन खोज्नु बेठिक भएको बताउनुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । “यस किसिमका हिंसा मिलापत्रमा टुंगिदैनन् । यस्तो मुद्दामा मिलापत्र गराउन खोज्नेलाई पनि कारबाही हुन्छ”–प्रधानमन्त्री ओलीले भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News