डा. केसीको स्वास्थ्य थप जटिल, उपचार गर्न अस्विकार


 


काठमाडौँ, असार २५

चिकित्सा क्षेत्रको सुधारका लागि विभिन्न बुँदे माग राख्दै नौ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ ।

स्वास्थ्य बिग्रिदो अवस्थामा रहेपनि उनले अत्यावश्यक औषधिसमेत लिन मानेका छैनन् । केसीले अक्सिजन र स्लाइनबाहेक अरू औषधि नलिएको उपचारमा संलग्न डा. प्रवीण गिरीले बताए।

डा. केसीलाई मांसपेशी सुनिने, रिंगटा लाग्ने, छातीको धड्कन बढ्ने, पिसाब नहुने जस्ता समस्या देखिएको चिकित्सकहरूले बताएका छन् ।

डा. केसीको जीवनरक्षाका लागि स्वास्थ्य मन्त्रालयले खटाएका चिकित्सक र नेपाल चिकित्सक संघले काठमाडौंबाट पठाएको टोलीले औषधि लिन सुझाव दिएपनि केसीले मानेका छैनन् ।

अध्यादेशकै स्वरुपमा चिकित्सा शिक्षा विधेयक नआएसम्म अनसन नत्याग्ने केसीले अडान लिएका छन् ।

प्रकाशित मिति: २५ असार २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्